१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न शितल निवासमा

महेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसहितका दलहरूको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरू शितल निवासतर्फ गइरहेको बताएका छन्। आईतवार बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका थिए।१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न हामी शितल निवासमा जाँदैछौं,’ उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ।’ सरकार गठनपछि अरू विषयमा छलफल गर्ने उनले बताए।

सम्बन्धित

Comments are closed.