अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने औपचारिक प्रक्रिया सुरु
उम्मेदवार चयनका लागि हुने मतदान आउँदो जुनसम्म
अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने औपचारिक प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । आउँदो नोभेम्बरमा हुने चुनावका लागि डेमोक्र्यााटिक तथा रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार छान्नका लागि मतदान गर्नेछन् ।
रिपब्लिकन पार्टीकातर्फबाट अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का जस्तै छ ।
तथापी रिपब्लिकनबाट उमेदवार बन्ने होडमा अझै ११ जना आकाँक्षी रहेका बीबीसीले जनाएको छ ।
डेमोक्र्यााटिक पार्टीका आकाँक्षीहरु पनि चुनाव प्रचारमा व्यस्त छन् । पछिल्ला सर्वेक्षणहरुमा डेमोक्र्यााटिक पार्टीमा बर्नी सान्डर्स अघि रहेको बीबीसीले जनाएको छ ।
सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनसँग पराजित भएर उम्मेदवारी नपाएका बर्नी यसपटक बलियो देखिएका छन् । पूर्व उपराष्ट्रपति जो बाइडेन पनि उम्मेदवार बन्ने होडमा छन् । उम्मेदवार चयनका लागि हुने मतदान आउँदो जुनसम्म चल्नेछ ।