चिशो बढेपछि वेदकोटका सम्पुर्ण बिधालय बन्द

महेन्द्रनगर । वेदकोट नगरपालिकाले अत्यधिक चिशो बढेपछि पालिका भित्रका सम्पुर्ण विधालयलाई बन्द गर्ने निर्णय गरेको छ । आईतवारदेखी लागु हुनेगरी पालिकामा रहेका सम्पुर्ण बिधालयहरुलाई बन्द गरिएको वेदकोट नगरपालिकाका शाखा अधिकृत मन्जु थापाले जानकारी दिईन् ।

पछिल्ला केही दन यता अत्यधिक चिशो बढेकाले पौष १३ गते बसेको प्रधानाध्यापकको बैठकले चिशो बढेसँगै बिधालयमा पठनपाठनमा समस्या तथा विधार्थीहरुको पनि स्वास्थ्यमा समस्या देखिने भएको पाालिामा माग आएपछि शैक्षिक सत्र २०७९ को बाँकी बिदालाई हिँउदे बिदाको रुपमा दिने निर्णय गरिएको उनले बताईन् । आईतवार पौष १७ गतेदेखी माघ २ गतेसम्म सम्पुर्ण बिधालयमा हिँउदे बिदा दिने निर्णय भएको उनले जानकारी दिईन् ।

सम्बन्धित

Comments are closed.