महेन्द्रनगर । कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा नेता रमेश लेखक मनोनीत भएका छन् । मंगलबार सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ ।
लेखक कञ्चनपुर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले एमालेकी निरुदेवी पाललाई झन्डै १२ हजार मतले हराएका थिए । लेखक र एनपी सावदलाई शेरबहादुर देउवा पछिका प्रभावशाली नेताको रुपमा सुदूरपश्चिमवासीले हेरेका छन् । लेखक यो भन्दा पहिला र अहिले गरी २ पटक पार्टीको केन्द्रिय सदस्यममा निर्वाचित भएका छन् ।
साथै शान्ती सम्झौताको बेलामा पनि उनी सरकारको तर्फबाट वार्ता समितीको सदस्य, श्रम राज्य मन्त्री, श्रम मन्त्री, र भौतिक पूर्वाधार मन्त्री भईसकेका छन् ।
Comments are closed.