तीन महीनापछि फेरि कोरोनाबाट मृत्यु

महेन्द्रनगर । कोरोना भाइरसको संक्रमणबाट तीन महीनापछि फेरि शनिवार एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको हो । यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।

त्यसयता कोरोना संक्रमण कम हुँदै गएको थियो भने कसैको पनि ज्यान गएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म नेपालमा १० लाख एक हजार २० जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये नौ लाख ८८ हजार ९७९ जना निको भइसकेका छन् । अहिले देशभर २१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Comments are closed.