भारतमा बस: दुर्घटना मृतक तिन जना नेपालीको पहिचान खुल्यो

महेन्द्रनगर । भारतबाट कैलालीको टीकापुर आउदै गरेको बस दुर्घटनाका मृतक तिन जनाको नाम खुलेको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिकाको ज्योतिनगर बस्ने ४० वर्षीय ललित साउद र टीकापुरकै व्यवसाय क्षेत्र घर भएका ४५ वर्षीय चन्द्र साउद छन् ।

मृतक नेपालीमध्ये १ जना महिलाको पहिचान खुल्ने नसकेको भनेर उत्तर प्रदेश प्रहरीबाट खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले मृतक नेपालीमध्ये २ जनाको सनाखत भएको विवरण प्राप्त भएको जनाएको छ । भारतको गुजरातबाट नेपालको सीमावर्ती क्षेत्र पलियातर्फ आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान उत्तर प्रदेशको लखनउमा दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १ जना बसका चालक रहेका जनाइएको छ । दुर्घटनामा करिब १५ जना घाइते भएका जनाइएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.