वेदकोटमा पशुबस्तुको प्रजनन विकृती सम्बन्धि निशुल्क शिविर सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिकामा पशुबस्तुको प्रजनन विकृती सम्बन्धि निशुल्क शिविर सम्पन्न भएको छ । वेदकोट नगरपालिका ९ मा रहेको श्रि उदयदेव माध्यामिक विधालयको चौरमा आयोजना गरिएको शिविरमा ३ सय ५० भन्दा बढी पशु चौपायहरुले उपचार तथा औषधी सेवा पाएको कार्यक्रमका संयोजक तथा पशु सेवा शाखा प्रमुख भेटेरेनरी अधिकृत तर्कराज भट्टले जानकारी दिएका छन् ।

स्थानिय किसानहरुले आफना गाईभैसी, बाख्रा, बुंगुर, कुखुरा, हाँस लगायतका पशुचौपायहरुमा देखिने प्रजनन विकृती लगायत उनिहरुको छालाको रोग, गर्भ तुहिनु, कलेजोमा जुका रहेका पशुहरुको उपचार तथा निशुल्क औषधी पनि वितरण गरिएको उनले बताए ।

उक्त कार्यक्रमको अध्यक्षमा वडा नम्वर ९का वडा अध्यक्ष जनकबहादुर विष्टले गरेको थिए भने, प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी रहेकी थिईन् । साथै वडा सदस्यहरु, कार्यपालिका सदस्य, शिक्षक बुद्धिजिवीहरुको उपश्थिती रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.