जन्मदिनमा हेमराज भट्टद्वारा रक्तदान कार्यक्रमको आयोजना, १८ जनाले गरे रक्तदान

महेन्द्रनगर । जन्मदिनलाई सेवासँग जोड्ने उद्देश्यका साथ सामाजिक अभियन्ता हेमराज भट्टले आफ्नो २८ औँ जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

मानव जीवन बचाउने पवित्र उद्देश्यसहित सञ्चालन गरिएको उक्त कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खड्काबहादुर खत्रीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा नियमित रूपमा रक्तदान गर्दै आएका तथा ४० पटकसम्म रक्तदान गरिसकेका रक्तदाताले समेत सहभागिता जनाउँदै रक्तदान गरेका थिए ।सामाजिक क्षेत्रमा सक्रिय भट्टले लामो समयदेखि गरिब तथा पिछडिएका वर्गका नागरिकलाई विभिन्न प्रकारका सहयोग गर्दै आइरहेका छन् ।

उनका अनुसार, जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नुको सट्टा रक्तदानजस्तो पुण्य कार्य गर्दा कसैको अमूल्य जीवन बचाउन सकिने भएकाले यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो ।

सम्बन्धित

Comments are closed.