महेन्द्रनगर । प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। बिहिवार भएको प्रतिनिधिसभा सभामुखको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत खसेको छ। कुल २७५ सदस्य संख्या रहेको प्रतिनिधिसभामा २६८ सांसदले मतदानमा भाग लिएका थिए। जसमा घिमिरेको पक्षमा १६७ मत खसेको छ। उनको विपक्षमा १०० मत खस्दा एक सांसद तटस्थ रहेका थिए। घिमिरेलाई सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत स्वतन्त्र सांसदहरूको समर्थन रहेको थियो।
Comments are closed.