बिहिवारदेखी मौसम सफा हुने

महेन्द्रनगर । बिहिवारदेखी मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवारपनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि पानी र हिमपात हुने सम्भावना न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित

Comments are closed.