महेन्द्रनगर । बिहीवार सफा मौसम भएको तराईमा शुक्रवार बिहान कुहिरोले ढाकिएको छ । तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। पहाड क्षेत्रमा शुक्रवार आंशिक बदली भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाको चिशो क्षेत्रमा हिँउ परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश– १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। विभागले आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। तराईमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ।
नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ। यसका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ।
Comments are closed.