महामारीको लागि कलाकार टिमले टर्कीको लागि राहत सामान पठायो

महेन्द्रनगर । महामारीको लागि कलाकार आर्टिस्ट टिम फर पेन्डामिकले विनाशकारी भुकम्प गएको टर्कीको लागि राहत सामान सहयोग गरेको छ । महामारीको लागि कलाकार आर्टिस्ट टिम फर पेन्डामिक टिमद्वारा विभिन्न राहत सामग्री पठाएको हो । उक्त राहतमा टर्कीको वातावरणमा सहज हुने अत्यावश्यक सामानहरु पठाइएको नेपाली कलाकार एवम् युवा नेता डिजे रोशन श्रेष्ठले जानकारी दिएका छन् ।

केही वर्ष अघि नेपालमा आएको विनाशकारी भुकम्प जादा टर्कीले नेपाललाई धेरै नै ठूलो सहयोग गरि गुण लगाएको थियो, हामीले टर्कीलाई वृहत सहयोग गर्ने नसके पनि सानो सहयोगको प्रयास गरिएको उनले बताए । अहिले बिभिन्न न्यानो कपडा, टाउजर ज्याकेट, स्यानेटरी प्याड लगायतको सामग्री सहयोग गरिएको नेपाली कलाकार डिजे आशिफले बताए ।

सम्बन्धित

Comments are closed.