नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले जनताका मुद्दालाई लिएर अगाडि बढने

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले जनताको मुद्दालाई लिएर अगाडि बढेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार नेकपा कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा महाकाली ब्युरोका इन्चार्ज समर सी ले जनतन्त्रसंग जोडिएका मुद्दाहरूमा निरन्तर काम गर्दै आएको बताएका हुन् । अहिलेको संसदीय व्यवस्थामा राजनीतिक दलहरु भागबण्डा र सत्ताको लुछाचुँडीमा व्यस्त रहेको बताउँदै उनीहरूले जनताको समस्यालाई समाधान दिन नसक्ने उनको भनाइ थियो ।

नेता समरले भने , “ अहिलेको संसदीय व्यवस्था असफल साबित भएको छ र यसको अन्त्य गरी जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ र यसको लागि हाम्रो पार्टीले संघर्ष गरिरहेको छ ।”पार्टीको नवौं महाधिवेशनले दर्शनमा, सिद्धान्तमा , अर्थतन्त्रको क्षेत्रमा , संस्कृतिको क्षेत्रमा नयाँ विकास गरेको समेत उनले बताए । नेकपा कञ्चनपुरले जनताको जनजिविकास सवाल उठानका लागि पार्टीले जनजागरण अभियान संचालन गरिरहेको समेत जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपाले पार्टीका जनजिविकाका सवालमा शसक्त भएर मुद्दा उठान गर्दै आएको जनाएको छ । नेकपा कञ्चनपुरका जिल्ला इन्चार्ज बिराट सीले ९औँ केन्द्रीय समितिको बैठकबाट पारित गरिएका मुद्दा जिल्लामा शसक्त रुपमा संचालन भईरहेको बताए ।‘यतिबेला मुलुक संकटमा परेको छ, ‘उनले भने, ‘विद्यमान समस्या समाधानका लागि पार्टीले अघि सारेका नीति, कार्यक्रम हामी व्यवहारिक रुपमा लागु गरिरहेका छौँ ।’बैंक, वित्तिय संघ संस्था एव लघु वित्तको चर्को ब्याजदरले आक्रान्त बनाईरहेका बेला राज्य संयन्त्र निरिह बनिरहेको भन्दै पार्टीले त्यसलाई उच्च निगरानीका साथ अघि बढाएको बताए ।

नेकपा कञ्चनपुरका सचिव धन बहादुर सीले जिल्लामा हुने सबैखाले विकृती बिसङगती बिरुद्धमा पार्टीले शसक्त भएर अघि बढ्ने बताए । नेकपाले लघुवित्त, बैंक संघ संस्थाहरुको जनतामाथिको लुट बिरुद्धमा शसक्त अभियान चलाउँदै जनजिविका राष्ट्रियताका विषयमा शसक्त भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.