उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि रञ्जिता श्रेष्ठको उमेर बाधक

महेन्द्रनगर । उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि रञ्जिता श्रेष्ठ अयोग्य भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर नपुगेका कारण उपराष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएकी हुन् ।

संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ । तर रञ्जिताको नागरिकता अनुसार उनी भर्खर ४० वर्ष पुग्दैछिन् । नागरिक उन्मुक्ति पार्टीले रञ्जितालाई उपराष्ट्रपतिमा सार्ने निर्णय गरेको थियो ।

सम्बन्धित

Comments are closed.