कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीहरुलाई नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने(जाने सबैलाईै माष्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
भारतीय पक्षले सिमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरेको छ ।
शंकाष्पद लागे उनीहरुले स्वास्थ्य परीक्षण गर्ने गरेको बुझिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख नरेन्द्र चन्दले बताउनु भयो ।
भारतले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि एक साता यता कडाइ गरेको हो ।
मास्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि एसएसबी क्याम्पसम्म माष्कको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ ।
त्यसैगरी पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधन माथिको जाँचमा कडाइ गरेको छ ।