नागरिक उन्मुक्ति पार्टीबाट सरकारको प्रस्ताव अस्वीकार, शपथ ग्रहण रोकियो

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीले शुदुरपश्चिम प्रदेश सरकारमा सहभागि हुने यस अघिको दुई मन्त्री र एक राजयमन्त्रीको अडान कायमै राखेपछि मंगलवार हुने भनिएको सरकार विस्तारको कार्य रोकिएको नारिक उन्क्ति पार्टीले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीवाट सुदूरपश्चिम सरकारमा शुदुरपश्चिम प्रदेश सभा सदस्य सांसद रामेश्वर चौधरी र कैलाश चौधरी सहभागी हुने भनिएतापनि नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यसमितिको वैठकले आप्mनो पुरानो माग दाहो¥याएपछि सरकार विस्तारको कार्यक्रम रोकिएको हो ।

नागरिक उन्मुक्ति पार्टीले साउन ९ गते मुख्यमन्त्री कमलवहादुर शाहलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीद्वारा हस्ताक्षरित पत्र मार्फत “नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमति अनुसार सुदुरपश्चिम सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं ।” भन्ने व्यहोराको पार्टीको निर्णयवारे जानकारी गराएको पार्टीका प्रवक्ता दामोदर पण्डितले वताए ।

सरकार गठन भएको पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपाको सहभागीताको निश्चितता नभएपछि सपथ ग्रहण कार्यक्रम राकिएको हो । यसअघि नागरिक उन्मुक्ति पार्टीवाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने चर्चा थियो ।

नेपाली काँग्रेसको तर्फवाट निर्वाचित शुदुरपश्चिम प्रदेश सभा सदस्य तथा तत्कालिन आन्तरिक मामिला तथा कानुन पुर्वमन्त्री पृथ्वीवहादुर सिंहको जीप दुर्घटनामा परि दिवंगत हुनु भएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काँग्रेस बैतडीका प्रदेश सभा सदस्य शिवराज भट्टको नाम चर्चामा रहेको थियो ।

तर केहि दिनमै नागरिक उन्मुक्ति पाटी र आप्mनो दल नेपाली काँग्रेर्ससंग छलफल गरि सरकारलाई पुर्णता दिने सम्वन्धमा मुख्यमन्ी कमलवहादुर शाह निकै सक्रिय रहेको नोपाली काँग्रेस श्रोतले जनाएको छ । हाल सुदुरपश्चिम प्रदेस सरकारमा दुई मन्त्रालय मन्त्रीविहिन रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.