कञ्चनपुरको गड्डाचौकी सीमानाकामा कोरोना भाइरस चेक जाँचका लागि साहयता कक्ष स्थापना गरेको छ ।
प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूर पश्चिमका ७ ओटा स्थानमा सहायता कक्ष स्थापना गरेको छ।
दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरका ७ ओटा स्थानमा आवश्यक स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खड्काले जानकारी दिनुभएको छ ।
कैलालीको पश्चिमी सिमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच गर्न शुरु गरिएको छ । पहाडी जिल्ला दार्चुला र बैतडीमा नेपाल–भारत सिमा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा हेल्प डेस्क अर्थात सहायता कक्ष सञ्चालनमा आएको छ ।
गड्डाचौकी सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्नुका साथै सीमामा शंकास्पद लक्षण देखिएमा स्वास्थ्य जाँचसमेत गर्दै आएको छ ।
Comments are closed.