एसिया कप किक्रेटमा नेपालले लियो पाकिस्तानको चौथो विकेट

महेन्द्रनगर । नेपालले खेलको २७ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ । नेपालले चौथो विकेट क्याच आउट गरेको छ सन्दिप लामिछानेले गरेको बलिङमा पाकिस्तान खेलाडी कयाच आउट भए । यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् ।

इमाम ५ रन बनाएर आउट भएका हुन् ।पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.