अहिले विश्वका धेरै देशहरुमा फैलिएको कोरोना भाइरसको संक्रमण कञ्चनपुरमा नभित्रियोस् भन्नका लागि उच्च सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
विश्वका धेरै मुलुकहरुमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि प्रसारप्रसार, आवश्यक तयारी, सरोकारवालाहरुसंग समन्वय लगायतका कामहरु भइ रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्दै उहाले कञ्चनपुर जिल्लामा रहेका बढि भिडभाढ हुने कार्यालय, सार्वजनिक स्थल लगायतका स्थानहरुमा जनचेतनामुलक पर्चा पप्लेटहरु टास्ने तथा सञ्चार माध्यमहरुबाट कोरोना भाइरसका लक्षणहरु तथा यसबाट बच्ने उपाय लगायतका कुराहरुका बारेमा प्रसारप्रसारको भइ रहेको बताउनु भयो ।
कञ्चनपुरमा रहेका सम्पुर्ण पालिकाहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र आवश्यक पुर्व तयारी गर्न पत्राचार गरिसकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनु भयो ।
नेपाल भारत सीमानाका गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कबाट अन्य रोगहरुका साथै कोरोना भाइरस भए÷नभएको जाँच गर्ने काम समेत भइ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सुनारले जानकारी दिनु भयो ।
सीमा नाका गड्डाचौकीमा कोरोना भाइरसका साथै अज्य रोगहरु मलेरिया, एचआइभी एड्स्को समेत जाच हुने गर्दछ । कञ्चनपुरमै रहेको महाकाली अस्पतालसंग पनि सहकार्य गर्दै आवश्यक पर्न सक्ने उपकरण लगायतका व्यवस्थाहरुको व्यवस्थापन गर्ने काम भइ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण भएका कुनै व्यक्ति फेला परेमा संक्रमितको उपचारका लागि छुट्टै बेडहरुको समेत व्यवस्था गरिएको जनाइएको छ ।
Comments are closed.