चट्याङले लागेर जस्मादेवी ओलीको मृत्यु ✍️ शुक्लाफाँटा खबर प्रकाशितः २२ फाल्गुन २०७६, बिहीबार १२:०१ चट्याङ लागेर डोटीको सायल गाउँपालिका– २, सिर्मामा एक जनाको ज्यान गएको छ । बुधबार साँझ करिब ६ः३० बजेतिर परेको चट्याङले लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको हो । गोठमा गाईबस्तु बाँध्न गएका बेला चट्याङ लागेर ओललीको मृत्यु भएको सायल गाउँपालिका–२ का वडासदस्य मोहन ओलीले जानकारी दिए ।
Comments are closed.