सुदुर पश्चिमका पहाडी जिल्लामा सातौं पटब हिमपात

सुदुर पश्चिमका पहाडी जिल्लामा रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डाँडाकाँडामा बाक्लो हिमपात भएको छ ।

डोटीसहित यहाँका अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम तथा डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी सञ्चार शाखाले जनाएको छ ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै कम्तीमापनि दुई फिट हिमपात भएको खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

गएकाे फागुन ९ गते परेको हिउँ पग्लन नपाउँदै फेरि शुक्रबार रातिदेखि हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने अहिले सातौँ पटक हिउँपरेपछि हिउँले गहुँ लगायतका अन्य तरकारी खेती कुहिने तथा बिग्रिने भन्दै चिन्तित बनेका छन् ।

हिमपात सँगै चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित हुने चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित

Comments are closed.