सवारी दुर्घटना हुँदा ४ सय २ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको क्रम बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाको पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा ६ सय ६९ सवारी दुर्घटना हुँदा ४ सय २ जनाको मृत्यु भएको छ भने ६ सय ३ जना घाइते भएका छन् ।

चालू आर्थिक वर्षका माघ सम्ममात्रै ८७ वटा सवारी दुर्घटना भएकोमा ३४ जनाको मृत्यु र ३२ जना घाइते भएका छन् । सवारी दुर्घटना प्रत्येक बर्ष बढ्दै गइरहेको छ ।

सबैभन्दा बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ । चालू आर्थिक वर्षको ७ महिनामामात्रै ६४ पटक मोटरसाइकल दुर्घटना भएको छ । सबैभन्दा बढी दुर्घटना कैलालीमा हुने गरेका छन् ।

जिल्ला ट्रफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक सरोज ठकुराठीले अव्यवस्थीत पार्किङ्क पनि दुर्घटनाको कारण भएकाले यसलाई व्यवस्थीत बनाइने बताउँनुभयो ।

चालू आर्थिक वर्षको माघसम्ममा मात्रै २ करोड ५३ लाख ४४ हजार राजस्व संकलन भएको छ । प्रहरीकै तथ्यांक अनुसार सरदर ३ दिनमा १ जनाको मृत्यु हुने र २ जना घाइते हुने गरेको पाइएको छ ।

सम्बन्धित

Comments are closed.