कैलालीकाे धनगढीबाट दार्चुला जाँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । ‘अनटेष्ट १२५७ नं’को जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा पनतोलीमा दुर्घटना भएको हो ।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जीप सडकबाट २५० मिटर तल खसेकाे जानकारी दिनुभयो । ज्यान गुमाउनेमा दार्चुला दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेका छन् ।
घाइते हुनेमा दार्चुला दुहु ४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेकाे र यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Comments are closed.