कोराना भाइरसको संक्रमणले गड्डाचौकी भएर आवतजावत गर्नेको संख्या घटेन

कोराना भाइरसको संक्रमण विश्वका १ सय भन्दा बढि देशहरुमा फैलिइ रहेको बेला नेपाल भारतको पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी भएर आवतजावत गर्नेहरुको संख्या भने घटेको छैन् ।

सीमानाका भएर आवतजावत गर्नेहरुको संख्या नघटेको गड्डाचौकी प्रहरीले जानकारी दिएको छ ।

गड्डाचौकी प्रहरीका अनुसार आज सोमवार बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्मको समयमा २ सय २७ जना महिलाहरु र ६ सय ७० जना पुरुषहरुले भारतबाट गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका छन् ।

सामान्य अवस्थामा करिब यत्तिकै संख्यामा भारतबाट आउने गरेका प्रहरीले जनाएको छ ।

गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा सीमा नाका भएर आउनेहरुको कोरोना भाइरसको संक्रमण भए÷नभएको बारे स्वास्थ्य परिक्षण गर्ने गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.