भीनपा १८ का वडा अध्यक्ष देवकोटाद्धारा खेलाडीहरुलाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नव्वर १८ ले अन्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । शनिवार वडा कार्यालय भवनमा सनलाईट तेक्वान्दो डोजाङ्ग योगाभवन भगतपुरका खेलाडीहरुलाई नगद सहित सम्मान गरेको हो ।

तेक्वान्दो प्रशिक्षक चन्द्रदेव जोशीले चौथो अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा भगतपुरमा रहेका सुकुम्वाशी, दलित परिवारका होनहार खेलाडीहरुले पदक पाएपछि वडाले सम्मान गरेको जानकारी दिए । असोज ५ देखी ७ गते सम्म काठमाण्डौको दशरथ रंगशालामा सञ्चालन भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा भारत पाकिस्तान बंगलादेश र भुटानका खेलाडीहरुको सहभागिता रहेको उनले बताए ।

नेपालको तर्फबाट वर्ष नौ का गौतम चौधरी, वर्ष १२ की उर्मिला लाथ, वर्ष १० का अमन दमाईले कास्य पदक जितेको प्रशक्षिक जोशीले बताए । वडाले बैशाखमा बिभिन्न तेक्वान्दोमा आवस्यक पर्ने सामग्रीहरु सनलाईट तेक्वान्दो डोजाङ्गलाई प्रदान गरेपछि सो सालघारी क्षेत्रमा रहेको दलित विपन्न, सुकुम्वासीका बालबालिकाहरुले छोटो समयमा खेल खेलेर पदक ल्याउनु ठुलो उपलब्धी रहेको प्रशिक्षक जोशीले बताए ।

बालबलिकाहरुले कराँते खेलेर अन्तराष्ट्रिय खेलमा पदक जितेर आफनो ठाँउको नाम राखेको र खेलकुद जगतमा आफनो भविश्य बनाउने सपना वडाले पुरा गरिदिएको प्रति उनले वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनहरुमा पनि वडाले यस्तै अन्य खेलहरुमा पनि साथ र सहयोग गरिदिन आग्रह गरे

वडा को लगानीलाई खेर जान नदिने भन्दै आफु लगायत सानासाना खेलाडी भाईबहिनीहरुको हौसल ाबनेर वडाले काम गर्नमा आफु विश्वस्त रहेको उनले बताए । यस्तै वडा सदस्य मास्टर हेम बहादुर बस्नेतले आफनो खेलमा सदैव मिहिनेतकोे साथमा लाग्न र अनुशासित भएर खेल्न आग्रह गरे खेलमा हार जित हुने भएकाले अनुसासीत खेलाडी कहिले पनि नहार्ने बताए ।

साथे विश्व सामु खेलाडीले आफनो देशको पहिचान बोकेको भएर अनुसासनमा ध्यान दिन उनले आग्रह गरे, यता, भीमदत्त नगरपालिकाका वडा नमवर १८ का वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले आफनो वडाले गरेको सानो सामग्री सहयोगले अहिले अन्तराष्ट्रिय खेलमा पदक जित्नु भनेको गौरबको विषय भएको बताए ।

सालघारी क्षेत्रमा अधिकाँस मजदुृर, दलित सुकुम्वासीहरुको बस्ती रहेको र उक्त क्षेत्रका वासिन्दाहरुलाई आफनो जिवनयापन गर्न पनि कठिनाई खेप्दै आएको उक्त क्षेबाट यस्ता होनहार खेलाडी पाउनु भनेको खेलकुदका लागी मात्रै नभएर पुरै जिल्लाको लागी गर्भको विषय भएको बताए ।

कुनै खेलमा सहभागी जनाउनु नै ठुलो कुरा भएको अवस्थामा सहभागी भएर पनि तेस्रो पदक जितेर आउनु भनेको सम्मानित कार्य रहेको बताए । शक्तिको हिशावले हामी लडन नसके पनि अन्य मुलुकमा खेलको माध्यमबाट आफनो शक्ति पहिचान गराउने माध्यम रहेको हुँदा खेलकुदका लागी हाफु सदैव तत्पर भएर साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रमको संचालन वडा सचिव दिनेश भट्टले गरेका थिए ।

सम्बन्धित

Comments are closed.