प्रधानमन्त्री प्रचण्ड आज सोमवार कैलाली आउँदै

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली आउँदै छन् । समाजवादी मोर्चाको सन्देश सभा लगायतका विभिन्न कार्यक्रममा सरिक हुन प्रधानमन्त्री कैलाली आउन लागेका हुन् ।

त्यहाँबाट उनी लम्की प्रस्थान गर्ने जनाइएको छ । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सरिक हुनेछन् । घोडाघोडी बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्ने र गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गर्ने समेत कार्य सूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड करिब २ बजे धनगढीमा समाजवादी मोर्चाको सभामा सहभागी हुने र बेलुकी साढे पाँच बजे काठमाडौँ फिर्ता हुने जनाइएको छ ।

सम्बन्धित

Comments are closed.