कञ्चनपुरको बेलडाँडीमा प्रथम टि २० बेलडाँडी क्रिकेट मेलाको आयोजना हुने

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी युवा समाजको आयोजनामा हुने प्रथम टि(२० बेलडाँडी क्रिकेट मेला २०८० को तयारी अन्तिम चरणमा रहेको छ। बेलडाँडि गाउँपालिका वडा नम्बर ( २ अवस्थित रौलेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने क्रीकेट मेलाको तयारी अन्तिम चरणमा रहेको आयोजक बेलडाँडी युवा समाजले जनाएको छ ।

मंगलबार बेलडाँडी गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष हरिश चन्द्र राना प्रमुख अतिथि र पालिका उपाध्यक्ष शान्ति नाथको विशिष्ट आतिथ्यतामा ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनको आयोजना गरिएको हो। क्रीकेट मेला सञ्चालन बारेमा जानकारी दिदै बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले कार्तिक १७ देखि २५ गते सम्म उक्त क्रीकेट मेला सञ्चालन हुने छ।

भने त्यसको तयारी अन्तिम चरणमा पुगेको बताए। उनले भने ‘पहिलो पटक प्रथम टि(२० बेलडाँडि क्रीकेट मेलाको आयोजना गर्न लागेका छौँ , तयारी अन्तिम चरणमा रहेको छ, र टीम दर्ताको काम चलिरहेको छ, टिम दर्ता १५ कार्तिक बेलुका ६ बजे सम्म रहनेछ। यसरी खेलकुदका गतिविधिले यस क्षेत्रको क्रिकेटको विकासका साथै बढ्दो लागूऔषध दुव्र्यवसनीलाई न्यूनिकरण गर्न प्रथम टि(२० बेलडाँडी क्रीकेट मेलाको आयोजना गर्न लागिएको हो।’

‘लागुऔषध त्यागौँ, स्वस्थ्य जिबनका लागि खेल तर्फ लागौँ’ भन्ने मूल नाराका साथ पहिलो चोटि आयोजना हुन लागेको क्रीकेट मेला को बेलडाँडी गाउँपालिकाको संरक्षण, बेलडाँडी गाउँपालिका नं।२ को वडा कार्यालय सह(आयोजक र बेलडाँडी युवा समाज क्रिकेट मेलाको आयोजक रहेको छ।पछिल्लो समय क्रिकेटमा चासो बढेकोले पालिकाको क्रिकेटलाई उकास्न टेवा पुग्ने विश्वासले प्रतियोगिता अहिलेको आवश्यकता रहेको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले बताए ।

उनले बेलडाँडी खेलकुद क्षेत्रलाई आगामी दिनमा थप जोड् दिने छौँ । खेलकुद क्षेत्र भनेको अहिलेको स्वस्थ्य जिबनयापनको मात्र हो, यसले युवा वर्गलाई उच्च मनोबल संगै कुलतमा फस्न बाट बचाउने गर्छ र निरन्तर पालिकाको सक्दो सहयोग रहने समेत पालिका उपाध्यक्ष शान्ति नाथले बोल्दै भन्नू भयो।

प्रतियोगिता टि–२० प्रणालीमा खेलाइने आयोजक मूल कमिटीका अध्यक्ष भट्टले बताए। प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ नगद, ट्रफी र प्रमाण प्राप्त गर्नेछ। उपविजेताले २५ हजार ५ सय २५ नगदसहित ट्रफी र प्रमाण पत्र मेडल हात पार्ने छ। प्रत्येक खेलमा मेन अफ द म्याच, मेन अफ द सिरिज, बेस्ट व्याट्सम्यान, बेस्ट बलर पुरस्कारको समेत व्यवस्था रहेको छ । प्रतियोगितामा टिम २० सम्म पुग्ने आकलन गरिएको आयोजकले बताएको छ। जसमा कञ्चनपुर क्षेत्र नम्बर १ भित्रको टिम हुनु पर्नेछ ।

उक्त बाहेक बाहिरको २ जना खेलाडी टिममा राख्न पाउने र टिम दर्ता शुल्क ४ हजार ५ सय रहेको छ। ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा स्वागत मन्तव्य उक्त समजाकी कोषाध्यक्ष रेनु भट्टले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन समाजका सचिव बबुल राज भट्टले सञ्चालन गरेको जसमा पत्रकार खेलाडी खेलप्रेमि र आयोजक टिमका कार्यसमितिको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.