प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमबाट पनि टिम तयारी गर्दे

महेन्द्रनगर । नेपाल क्रिकेट संघ क्यानले पुस ५ गतेदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा भाग लिन सुदूरपश्चिमले आफनो तयारीको सुरुवात गरेको छ । क्यानले पुस ५ देखि १८ गतेसम्म हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमबाट पनि महिलाको टिम सहभागि जनाउने भएपछि अहिले भीमदत्त नगरपालिकाको जिमुवामा रहेको होली फयामिली ईङगलिस मिडियम विद्यालयमा खेलाडीहरुलाई क्लोज क्याम्पमा राखेर छनौटका लागी काम भईरहेको हो ।

अहिले उक्त क्यम्पमा २२ जना महिलाहरुले कडा मिहिनेतका साथमा आफनो दावेदारी प्रस्तुत गर्ने र ती मध्येका उत्कृष्ट १४ जनाले पुस ५ गतेदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा आफनो खेल प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले जानकारी दिएका छन् ।

उनले यो भन्दा पहिला ८ जिल्लाको छनौट खेल डडेल्धुरा र कैलालीको तेघरीमा २ वटा छनौट प्रतियोगिता भएको र उक्त खेलबाट २२ जना महिला क्रिकेट खोलाडीलाई छनौट गरी यो क्लोज क्याम्पमा राखेर २ दिन यी खेलाडीको विचमा आपसी खेल खेलाएर १४ जना उत्कृष्ट खेलाडीले ३ गते काठमाण्डौँ जाने बताए ।

उनले अहिले आफुहरुलाई पूर्वाधारको अभावमा आफुले होली फयामिली बिद्यालयमा ल्याएर खेल गराउनु पर्ने बाध्यता रहेको बताए । देशैभरमा सुदूरपश्चिमबाट क्रिकेटमा अन्तराष्ट्रिय स्तरमा नाम राख्न सफल भएको र हरेक खेलकुदमा सुदूरपश्चिम अगाढी भईरहदा खेलकुदलाई आवस्यक पर्ने पूर्वाधारहरुको अभावले खेलाडीहरुको मनोबल पनि घटन सक्ने बताए ।

साथै उनले तराईलाई क्रिकेटका लागी उरबर भुमी भनिए पनि पूर्वाधारका अभावले खेलाडीहरुले आफनो खेल देखाउन नपाएको र होली फयामिली बिद्यालयले खेलाडीहरुलाई आफनै लगानीमा नास्ता, खानको व्यवस्थासहित खेल खेल्नका लागी मैदान पनि उपलब्ध गराएको उनले बताए ।

यस्तै, सुदूपश्चिम महिला क्रिकेटका प्रशिक्षक जानकी भट्टले ९ जना अन्तराष्टिय स्तरमा खेलाडी रहेको बताउँदै यो वर्ष पनि आफनै टिमले उपाधी जित्नेमा आफु विश्वस्त रहेको बताईन् । गएको वर्षको उपाधी सुदूरपश्चिमको टिमले जितेको बताउँदै यो वर्षमा पनि आफुहरुले नै उपाधीलाई कब्जा गर्ने गरी तैयारी गरिरहेको बताईन् ।

साथै उनले महिलाहरुलाई क्रिकेट खेल्नका लाग् िबिभिन्न समस्या चुनौती रहेको भएपनि आफनो क्षेत्र देशका लागी मरी मेटी मिहिनेतका साथमा खेल खेल्ने भएकाले परिवारले पनि खेल खेल्नमा साथ र सहयोग आवस्यक रहेको बताईन् । राष्टिय महिला क्रिकेटका उप कप्तान बिन्दु रावलले आफु पनि सुदूरपश्चिमको भएकाले यो टिममा रहेर यो पाली पनि उपाधी आफुहरुले नै हात पार्ने गरी खेलको तैयारी भईरहेको बताईन् । बिभिन्न चुनौतीका बिचमा पनि आफुहरुले आफनो शत प्रतिशत दिएर उपाधीलाई चुम्ने गरी खेल खेल्ने बताईन् ।

साथै खेल खेल्नका लगी सामग्रीहरुको पनि अभाव रहेको बताउँदै आफुसंग भएका सामग्रीको प्रयोगले नै अगाढी बढने बताईन् । प्रतियोगिता पहिलो पटक सिङ्गल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगितामा कूल ३२ खेल हुनेछ । १४ दिन चल्ने प्रतियोगिताका खेल काठमाडौंको टीयू र मूलपानी मैदानमा सञ्चालन हुने छन् । राउण्ड रोबिन लिगपछि प्लेअफ र फाइनल खेल हुने छन् । शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने विजेता फाइनल पुग्नेछ ।

यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् । उक्त खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो दिन चार खेल हुने छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बागमती र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ । दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमने–सामने हुने छन् ।

मूलपानीमा साविक विजेता सदूरपश्चिमले एपीएफको सामना गर्ने छ भने अर्को खेलमा कर्णाली र कोशी प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताअन्तर्गत बिहानका खेल साढे ९ बजे तथा दिउँसोका खेल सवा १ बजे सुरु हुने छन् । राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता टी–२० ढाचामा सञ्चालन हुने छ ।

सम्बन्धित

Comments are closed.