महेन्द्रनगर । कञ्चनपुरको जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच अभिषेक सिंहलाई भारतमा सम्मान गरिएको छ । भारतको आयोजनामा दशौँ नेशनल कराते प्रतियोगितामा उनलाई सम्मान गरिएको हो ।
गत आईतवार उनले जापान कराते डो कोशिकाई सितोरियो खेललाई नेपालमा प्रवद्र्धन संरक्षण गरेको भन्दै प्रमुख अतिथीको रुपमा कार्यक्रममा सम्मानित गरिएकोे थियो ।
कोशिकाई सितोरियो संघ भारतको आयोजनामा दशौँ नेशनल कराते प्रतियोगितामा १ डान देखी ४ डान सम्मको खेलाडीहरुको ग्रेडिङको परिक्षामा पनि आफुले सहभागिता जनाएको जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच सिंहले जानकारी दिए ।
अहिले उनले कञ्चनपुरमा आफनो खेललाई नेपालमा मात्रै होईन अन्तराष्ट्रियस्तर सम्म पहिचान दिलाउन र मेडल जित्न सफल भएका छन् ।