प्याब्सन फेस्टिबलमा मन्त्र अस्पतालको हेल्थ डेस्क सेवा

महेन्द्रनगर । कञ्चनपुरको कबर्ड हलमा १२ औं प्याब्सन फेस्टिबलमा मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले स्वास्थ्य सेवा दिईरहेको छ । खेलकुदमा विद्यार्थीहरुलाई चोटपटक लागेमा मन्त्र अस्पताल डेस्ककको स्थापना गरेर उपचार गरिरहेको छ । दैनिकरुपमा खेल खेल्दा ८ देखी १० जना खेलाडीहरु लाई चोट लागेर उपचार गरिरहेको अस्पतालका मेडिकल निर्देशक डा. गोविन्द रोकायाले जानकारी दिए ।

जटिल चोटपटकको पनि मन्त्रले उपचार गरेको उनले बताए । खेल खेल्दा उकजना विद्यार्थीको काँधको हड्डी नै निस्केर समस्या भएपछि उपचार गरेर सेवा दिएको उनले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत अस्पतालले विद्यार्थीहरुलाई सेवा प्रदान गरेको उनले बताए । खेल खेल्दा घुँडामा हातमा र मासुमा समस्या बढी हुने भएका त्यस्तै किसिमका औषधीहरु प्रदान गरिरहेको उनले बताए । ईन्टर नेशनल स्कुलका खेल शिक्षक कमल चन्दले आफना विद्यार्थीहरलाई समस्या हुँदा मन्त्र अस्पतालको डेस्कले उपचार गरिरहेको बताए ।

कुनै पनि खेलकुदमा खेलाडीको पनि स्वास्थ्य हेुर्न पर्ने भएकाले हेल्थ डेस्कले राम्रो सेवा दिएको उनले बताए । प्याबसन कञ्चनपुर अध्यक्ष अम्मराज भट्टले चार दिनसम्म चल्ने महोत्सवमा प्याब्सन आवद्ध जिल्ला भरका झण्डै तीन दर्जन विद्यालय सहभागी भएको बताए । उनले प्याब्सन कञ्चनपुरले २०६६ देखि बर्सेनी आयोजना गर्दै आएको महोत्सव कोरोना महामारीका कारण २०७६ पनि रोकिएको जानकारी दए ।

अहिले फेरि महोत्सवलाई निरन्तरता दिइएको र खेलकुदमा संलग्न विद्यार्धीहरुलाई चोटपटक लागेमा मन्त्र अस्पताले राम्रो सेवा दिएको उनले बताए । हेल्थ डेस्कबाट प्राथमिक उपचार यही हेल्थ डेस्कको निर्माण गरेर तिन जना स्वास्थ्यकर्मीहरु दिनभरी खटाएर स्वास्थ्य सेवा दिईरहेको उनले बताए । १ सय ८ विद्यालय मध्ये अहिले ३८ विद्यालयहरु सहभागिता रहेको उनले बताए ।

साथै अहिले ब्याटमिन्टन, टेबुलटेनिस, भलिबल, कबडी, दौड, हाईजम्प लङग जम्प, भाला फाल्ने, लगायतका खेलकुद भईरहेको उनले बताए । उत्कृष्ठ मार्चपास गर्ने पाँच विद्यालय पुरस्कारका लागि छनौट गरिएका छन् । ती विद्यालयमा सनलाइट पब्लिक एकेडेमी, सनराइज पब्लिक स्कुल, शिशु विद्या मन्दिर, होली फेमली इङ्गलिश मिडियम स्कुल र न्यू सरस्वती विद्या मन्दिर ऐरी छन् ।

मार्चपासमा उत्कृष्ठ विद्यार्थीलाई महोत्सव समापनमा पुरस्कार प्रदान गरिने उनले बताए । सुदूरपश्चिम प्याबसनका वरिष्ठ उपाध्यक्ष समरबहादुर चन्दले प्राईभेट क्षेत्रबाट खेलकुदमा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्नका लागी यो कार्यक्रमको आयोजना गरिएको बताए ।

साथै उनले राष्टिय तथा अन्तराष्टि स्तरमा पनि खेलाडीहरुलाई जन्माएको बताए । साथै उनले खेलकुद गराउादा अव्यवस्थीत खेल मैदान रहेको बेलामा खेल खेल्दा विद्यार्थीहरुलाई चोट लाग्ने भएपछि मन्त्र अस्पतालले डेस्क स्थापन गरेर सहयोग गरहेको उनले बताए ।मन्त्र अस्पतालले पछिल्ला दिनहरुमा सीमादेखि गाँउबस्तीसम्म विभिन्न स्थानमा स्वास्थ्य शिबिर नै संचालन गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएपछि नागरिक स्तरबाट समेत मन्त्र अस्पतालको प्रसंसा भईरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.