महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ मा गंगा स्नानको तयारी पुरा भएको छ । नेपालीहरुको महान पर्व मकर संक्रान्तिको पावन उपलक्ष्यमा श्रीनिवास रामानुज घाट तिर्थस्थलमा गंगा स्नान गर्नका लागि माघ १ गते गंगा स्नानको तयारी पुरा भएको वडा अध्यक्ष रामबहादुर बोहराले जानकारी दिएका छन् ।
हिन्दूहरुको पवित्र स्थान शारदा मैया कैलाश मानसरोवरबाट बगेर आएको एसियाको दोस्रो लामो झोलुङगे पुल नजिकै गंगा स्नान घाट बनाएर धर्मालम्बीहरुको सहजताका लागी सम्पूर्ण तैयारी सकिएको उनले बताए । स्वामी गोविन्द आचार्यजी महाराजले तप तपस्या गरेर १००८ तिर्थको जल र १००८ गाईको दुधले अभिषेक गरिएको पवित्र स्थलालाई विश्व सामु पहिचान गराउन, यसलाई पर्यटकीय क्षेत्र धार्मीक पर्यटक स्थला बनाउनका लगी यो वर्ष मकर संक्रान्तीमा कार्यक्रम गरिने उनले बताए ।
आफनै अगाढी पवित्र गंगा रहेको छ तर हजारौ रकम खर्च गरे अन्यत्र जाने प्रचलनलाई हटाउनका लागी पनि यो कार्यक्रम गनिे बताए । पर्यटकीय क्षेत्र झोलुङगे पुल नजिक भएर जाने बाटो सडक बत्तीहरु, आगो ताप्ने व्यवस्था लगायतको व्यवस्था गरिएको उनले बताए । छिमेकी देश भारतका बिभिन्न धार्मीक क्षेत्रमा खर्च गरेर जान्छौ तर आफनै क्षेत्रमा रहेको ठुलो गंगा स्नान पवित्र श्थलमा पनि आएर स्नान गरी पूण्य कमाउन उनले आग्रह गरे, साथै आफनै क्षेत्रमा रहेको यो धार्मिक क्षेत्रमा आएर आफुलाई पावन गर्न उनले बताए ।
यसलाई भारतका बिभिन्न शक्तिपिठ जस्तै यसलाई पनि धार्मीक पिठ बनाएर यहाँकास्थानियहरुले भारतका नहरको पानीमा स्नान गर्नु भन्दा गौरी मैया कैलास मानसरोबरकाट आएको पवित्र गंगामा स्नान गरिनु पर्ने बताए । स्थानिय खडकबहादुर विष्टले यो पवित्र स्थानलाई सबैले माघ १ गते स्नान गर्न आएर आफनो क्षेत्रमा रहेको धार्मीक पिठलाई साथ सहयोग गर्न आग्रह गरे, यस्तै अर्का स्थानिय भोज बहादुर ठगुन्नाले पर्यटकिय स्थाल झोलुङगे पुल नजिक रहेको धार्मीक स्थललाई सरकारले उचित रेखदेख नगरेको बताए ।
मन्दिरका पुजारी रामचन्द्र गिरीले भारतको रामेश्वरबाट श्रीनिवास रामानुजको मुर्ती ल्याएर स्थापना गरिएको धार्मिक पिठमा सबैले आएर एकपटक आफुलाई पवित्र गराउन आग्रह गरे ।