कञ्चनपुरमा माघ ३ गतेदेखी एन प्याबसनको वृहत खेलकुद कार्यक्रमको आयोजना हुने

महेन्द्रनगर । कञ्चनपुरमा माघ ३ गतेदेखी वृहत खेलकुद कार्यक्रम हुने भएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याबसन) कञ्चनपुर जिल्ला कार्य समितीले सोमवार पत्रकार सम्मेलन गर्दै माघ ३ गतेदेखी १६ औँ जिल्ला स्ततरिय एन प्याबसन खेल महोत्सवको आयोजना हुने जानकारी दिएकोे छ ।

वृहतरुपमा खुल्ला मञ्चबाट प्रभात फेरी गरिने एन प्याबसन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले जानकारी दिएका छन् । ४ गतेदेखी ६ गतेसम्म कभर्डहलको प्राङगणमा बिभिन्न खेलकुदहरु ग्रिने बताए । अहिले आधारभुत तहदेखी नै कक्षा १२ सम्म बिभिन्न चरणमा हाईजम्प लङ जम्प, दौड भलिबल, टेवल टेनिस, ब्याट मिन्टन लगायतका खेलकुद खेलाईने उनले जानकारी दिए ।

जिल्लाभरमा १ सय ३५ वटा विद्यालयहरु रहेको जसमध्ये ६० भन्दा बढी विद्यालयहरुको सभागिता रहने भएको छ । साथै, राष्टिपती रनिङ सिल्डमा ११ र १२ का विद्यार्थीहरुले मात्रै सहभागिता जनाउने र बाँकी तलका विद्यार्थीहरुले नपाउने भएपछि उनिहरुलाई कम मात्रामा खेलमा सहभागी गराईने भएकाले उनिहरुको पनि प्रतिभालाई मध्ये नजर गर्दै यो वर्षदेखी आधारभुत विद्यालयलाई पनि सहभागी गराई खेल गराईने एन प्याबसन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले जानकारी दिएका छन् ।

एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले बिवद्यार्थीहरुको क्षमताको पहिचान गर्न र आफनो भविश्यमा खेलकुदलाई पेशाा बनाएर अगाढी बढाउनका लागी यो खेलकुदको आयोजना गरिएको बताए । खेलबाट आपसी सदभाव विद्यार्थीहरुको प्रतिभा अनुशासन पहिचान गर्ने मौका मिल्ने भएकाले पनि यसको आयोजना गरिएको उनले बताए ।

यसै खेलकुदलाई आधार मानेर जिल्ला खेलकुदले पनि खेलाडीहरु छनौट गर्ने भएकाले पनि यो खेलकुदबाट पनि त्यस्ता प्रतिभावान खेलाडीहरुले आफनो कला क्षमता देखाएर आफनो भविश्य खेलकुदमा अगाढी बढाउने अवसर को रुपमा पनियो १६ औ जिल्ला स्तरिय एन प्याबसन खेल महोत्सव रहेको एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले बताए ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.