महेन्द्रनगर । कञ्चनपुरमा उत्तरायणी साँस्कृती कार्यक्रम सम्पन्न भएको छ । भीमदत्त नगरपालिका मा बझाङ लोक सँस्कृति संरक्षण मञ्च कंञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । भीमदत्त नगरपालिका १४ को बनकट्टीमा रहेको बैजनाथ आधारभुत विद्यालयमा आयोजना भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एवम भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशीले सुदूरपश्चिममा रहेका लोक साँस्कृतिक रहन सहन रितिरिवाजहरुको जेगर्ना गर्नुपर्ने बताईन् ।

आफ्नो लोक संस्कृती संरक्षणका लागि यो उत्तरायणी कार्यक्रमको आयोजना गरेको प्रती उनले आयोजकलाई धन्यवाद व्यक्त गरिन । आफनो भाषा संस्कृती चालचलनलाई सबैले मिलेर संरक्षण प्रवद्र्धन गर्नुपर्ने बताईन् । पछिल्लो समय आफनो लोक संस्कृतीको जेगर्ना गर्नमा नयाँ पुस्ताहरुको खासै चासो नभएको र यस्ता कला संस्कृतीमा नयाँ पुस्ताहरुको पनि संलग्नता गराउनु पर्ने उपप्रमुख जोशीको भनाई रहेको थियो ।

यस्ता लोक संस्कृती कलाहरुको संरक्षण, सम्बर्द्धन र प्रवद्र्धन गर्नका लागी पालिकाले आगामी दिनमा र आफ्नो व्यक्तिगत रुपमा पनि सहयोग समन्वय साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरिन् ।
बझाङ लोक सँस्कृति संरक्षण मञ्चका अध्यक्ष रतनपती जोशीले आफनो कार्यक्रममा पालिकाले पनि साथ र सहयोग गर्नुपर्ने बताए । स्थानियहरुले पनि आआफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने र पालिकाले पनि चासो दिएर यसमा बजेट विनियोजन गरिदिन आग्रह गरे ।
Comments are closed.