भीमदत्त नगरपालिकामा १४ औँ राष्ट्रपती रनिङ शिल्ड शुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा १४ औँ राष्ट्रपती रनिङ शिल्डको उदघाटन गरिएको छ । आईतवार कबर्डहलमा एक कार्यक्रमको आयोजना गर्दै भीमदत्त नगरपालिकाले राष्ट्रपती रनिङ शिल्डको उदघाटन गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथी एवम कानुन मन्त्री शिवराज भट्टले खेलकुदमा अनुसासन अपरिहार्य रहेको बताए ।

सबै सहभागी विद्यालयका विद्यार्थीहरुले आफनो अनुसाशनमा रहेर खेलमा भाग लिन पनि उनले आग्रह गरे, साथै पछिल्लो समय युवा पुस्ताहरु कुलतमा फस्दै गईरहेको अवस्थामा खेलकुदले उनिहरुको मानसिकतालाई स्वस्थ्य राख्ने शरिरलाई पनि निरोगी बनाउने, र राम्रो खेल खेल्न सक्ने भएमा पुरै राज्य मात्र नभएर अन्तराष्ट्रिय स्तरमा आफनो र देशको नाम राख्न सक्ने माध्यम भनेको खेल रहेको बताए ।

साथै उनले खेलकुदका लागी प्रदेश सरकारले पनि लगानी गरेर बिभिन्न कार्यक्रमको अयोजना गरिरहेको र खेलकुदको विकासका लागी बजेट विनियोजन गरेर खेलकुदको विकास गर्ने बताए । प्रदेश सभा सदस्य प्रकाश रावलले स्वस्थ शरिर राख्न खेलकुदको महत्वपुर्ण योगदान रहेको बताए । अहिले सबै मोवाईलमा आफनो समय खेर फाल्ने परिपाटी बढी रहेको बेलामा कोठा भन्दा बाहिर खेलिने खेलहरुले शर्लिाई मात्रै नभएर मानसिक रुपमा पनि स्वस्थ हुने र आफनो क्षेत्रको नाम पनि राख्न सकिने बताए ।

 

पछिल्लो समय कञ्चनपुरबाट बिभिन्न खेलकुदमा अन्तराष्ट्रिय स्तरमा नाम चिनाउन सफल धेरै खेलाडीहरु रहेको बताउँदै, यो मैदानमा खेल खेल्न अति प्रतिभाशाली खेलाडीहरुले पछि गएर त्यसरी नै देशको नाम राख्न सक्ने आफुले सम्भावना देखेको बताए । यस्तै, प्रदेश सभा सदस्य मधु भारतीले प्रदेश सरकारले खेलकुदको विकासका लागी गर्नुपर्ने प्रयासहरु निरन्तर गर्ने र सबै खेलाडीहरुले अनुसासनमा रहेर खेल खेल्न आग्रह गरिन् । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले खेलकुदलार्य मेरुदण्डको रुपमा हेरेर आगामी दिनमा बढी बजेट विनियोजन गरेर भव्य रुपमा खेलकुद खेल्ने माहोल गराउने बताईन् ।

साथै युवाहरुलाई कुलतबाट बाहिर ल्याउन कुलतबाट टाढा राख्ने माध्यम भनेकै खेलकुद भएकाले सबै अभिभावकहरुले आफनो छोराछोरीहरुलाइै खेलकुदमा लगाउनु पर्ने बताईन् । नगर प्रमुख पदम बोगटीले आगामी दिनमा अन्य गैर सरकारी संघ संस्थहरु संग सहकार्य समन्वय गरेर अझै भव्य र सभ्य रुपमा यो खेलकुदको आयोजना गरिने बताए । सामुदायिक र संस्थागत गरी ४८ विद्यालय सहभागी प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले मार्चपास र विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

उदघाटन समारोहमा मार्चपासमा पहिलो, दोस्रो र तेस्रो भएका विद्यालयको नाम घोषणा गरिएको छ । मार्च पासमा भीमदत्त नगरपालिका ७ हल्दुखालको महाकाली जनसेवा मावि प्रथम, होली फेमली इङ्गशिल मिडियम स्कुल तिल्केनी द्वितीय र वेष्टर्न पब्लिक एकेडेमी तेस्रो भएको छ । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टसका खेलहरु हुने भएका छन् । यी खेलमा एथ्लेटिक्स अन्र्तगत १३ विधा, भलिबल र कबड्डी छात्र र छात्रा दुबै तथा मार्सल आर्टसमा कराँते र तेक्वान्दोको खेल हुने छन् । तेक्वान्दो र कराँतेका ६÷६ इभेन्टस समावेश गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.