भीनपाको १४ औँ राष्ट्रपती रनिङ शिल्ड सिद्धनाथ अमर मावीको पोल्टामा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आयोजना गरिएको १४ औँ राष्ट्रपती रनिङ शिल्ड सिद्धनाथ अमर मावी गड्डाचौकीले आफनो पोल्टामा पार्न सफल भएको छ । यस्तै द्धितिय हुुनेमा पूर्णा मावी ऐरी र तृतिय हुनेमा वैजनाथ मावी महेन्द्रनगर रहेका छन् । सिद्धनाथ अमर मावी गड्डाचौकीले १५ स्वर्ण,५ रजत,१३ काँस्य गरी ३३ पदक पाएर प्रथम भएको छ भने, द्धितियमा पूर्णा मावी ऐरीले ६ स्वर्ण ९ रजत १३ काँस्य गरी १८ पदक पाएर द्धितिय भएको छ ।

तृतिय हुनेमा वैजनाथ मावी महेन्द्रनगरले ६ स्वर्ण १ रजत, १ काँस्य गरी ८ पदक पाएर तृतिय स्थानमा आएको छ । आईतवारदेखी सुरु भएको १४ औँ राष्ट्रपती रनिङ शिल्ड सामुदायिक र संस्थागत गरी ४८ विद्यालयको सहभागीता रहेको थियो ।समापन कार्यक्रममा आफनो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले सबै सहभागी विद्यालयका विद्यार्थीहरुले आफनो अनुसाशनमा रहेर खेलमा भाग लिएको प्रती सबैलाई धन्यवाद व्यक्त गर्नूभयो ।

उनले अहिलेका विद्यार्थीहरुले आफनो प्रतिभा देखाएर आफनो विद्यालयको नाम राख्न सफल हुने सबैलाई हार्दिक धन्यवाद र बिभिन्न खेलकुदमा हार बेहोरेका सबै विद्यार्थीहरुलाई आगामी दिनमा फेरी पनि प्रयाश गरेर आफनो कुशल क्षमताको प्रदर्शन गर्न आग्रह गर्नु भयो । यो एक पटकको हारले पछि फेरी खेलकुदमा प्रयास गरेर निखारिएर आयो भने सफलता पक्के पाईने बताउनु भयो ।

साथै उहाँले पछिल्लो समय युवा पुस्ताहरु कुलतमा फस्दै गईरहेको अवस्थामा खेलकुदले उनिहरुको मानसिकतालाई स्वस्थ्य राख्ने शरिरलाई पनि निरोगी बनाउने, र राम्रो खेल खेल्न सक्ने भएमा पुरै राज्य मात्र नभएर अन्तराष्ट्रिय स्तरमा आफनो र देशको नाम राख्न सक्ने माध्यम भनेको खेल रहेको बताउनु भयो । आफुसंग आर्थिक अभाव रहेको छ म सक्दैन खेल्न भनेर सोच्न नहुने बताउनु भयो

उहाँले अहिले भर्खर मात्रै वडा नम्वर १० का ललित शार्कीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सष्फल भएको र आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि पालिकाले पनि सहयोग गरेको र अहिले सबै क्षेत्रबाट साथ र सहयोग आईरहेको बताउँदै यदी सिप क्षमता कला छ भने आर्थिकले नरोक्ने बताउनु भयो पालिकाले पनि त्यस्ता खेलाडी प्रतिभावान कोही पनि छ भने समस्या छ भने पालिकामा जानकारी गराउन पनि आग्रह गर्नु भयो ।

यस्तै खेलकुदका संयोजक सरद चन्दले सौहार्द वातावरणमा खेल समापन भएको जानकारी दिनु भयो, उहाँले प्रतियोगितामा सहभागी जनाउनु भएका सबै विद्यालय, विद्याथीर्, पालिकाका पदाधिकारी, वडा अध्यक्ष, लगायत सम्पुर्णलाई यो कार्यक्रमलाई सफल पारिदिनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । सबै विद्यालयका विद्यार्थीहरुले अनुसासनमा रहेर खेलकुदमा भाग लिएको बताउँदै आगमाी दिनमा पनि यसरी नै आफनो विद्यालयको सहभागि जनाईदिन पनि उहाँले आग्रह गर्नु भयो ।

बिभिन्न खेलकुदमा विद्यार्थीहरुले आफनो खेलबाट आफनो प्रतिभा देखाएको र राष्टका लागी भविश्यमा राम्रो खेलेर नाम राख्न सक्ने प्रतिभावान खेलाडीहरु पनि रहेको बताउनु भयो । यस्तै, मार्च पासमा भीमदत्त नगरपालिका ७ हल्दुखालको महाकाली जनसेवा मावि प्रथम, होली फेमली इङ्गशिल मिडियम स्कुल तिल्केनी द्वितीय र वेष्टर्न पब्लिक एकेडेमी तेस्रो भएको छ ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टसका खेलहरु हुने भएका छन् । यी खेलमा एथ्लेटिक्स अन्र्तगत १३ विधा, भलिबल र कबड्डी छात्र र छात्रा दुबै तथा मार्सल आर्टसमा कराँते र तेक्वान्दोको खेल भएका थिए् । तेक्वान्दो र कराँतेका ६÷६ इभेन्टस समावेश गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.