कञ्चनपुरका अर्जुन नेपाली भलिबल मा नेपाल को अग्लो खेलाडि,आर्थिक समस्याका कारण समस्यामा

महेन्द्रनगर । नेपालमा भलिबल खेलाडीमा सबै भन्दा बढी उचाई रहेका खेलाडी हुन अर्जुन नेपाली, कञ्चनपुरको भीमदत्त नगरपालिका १७ बासखेडाका अर्जुन नेपालीसंग अन्तराष्ट्रिय स्तरमा भलिबल खेलि सकेको अनुभव छ । अहिले कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष भलिबलमा उनि सुदूरपश्चिमको टिमबाट खेल खेलिरहेका छन् । उमेरले १७ वर्ष पुगेका उनको उचाई ६ फिट ६ ईन्च रहेको छ ।

नेपालकै धेरै उचाई भएका पहिलो भलिबल खेलाडी हुन नेपाली, भलिबलमा अब्बल रहेका उनले आफनो भविश्य भलिबलमा देखेर नै अहिले आफनो पुरै समय खेलकुदमा दिइ रहेका छन् । कक्षा १२ मा लिटिल बुद्ध एकेडेमीमा आफनो अध्ययन संगै भलिबल खेलालई पनि निरन्तरता दिई रहेका छन् । गरिब दलित परिवारका उनि अहिले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् ।

उनका बुवाको आर्थिक श्रोत भनेकै कपडा सिलाएर परिवारको पेट पाल्नु हो, वृद्ध बुवाले कपडा सिलाएर अर्जुन लगायत परिवारको पेटको गुजारा गरिरहेका छन् । यस्ता प्रतिभावान खेलाडी रहेका अर्जुनलाई आफनो खेलसंगै आफनो परिवारलाई अलि आर्थिक सहयोग गर्न पाए हुन्थ्यो भनेर मनमा सधै लाग्ने गर्दछ, उनले भलिबल खेललाई निरन्तरता दिनका लागी अहिले जिल्ला भलिबल प्रशिक्षक जगदिश भट्ट, शिक्षक एवम जिल्ला भलिबल संघका सल्लाहाकार जनकराज जोशी, टेकेन्द्र पाठक लगायतले गरेको साथ र सहयोगले गर्दा अहिले भलिबल खेल्न पाएको बताए ।

आफनो परिवारको आर्थिक अवस्था कमजोर रहेका कारणले आफना गुरुहरुको साथ र सहयोगले यो स्थानमा रहन सकेको उनले बताए । आफनो प्रतिभालाई देशका लागी दिने ईच्छा हुँदाहुँदै पारिवारिक समस्याले गर्दा आफनो खेललाई निरन्तरता दिन समस्या हुन्छ की ? भन्ने मनमा पिर परिरहने उनले बताए । महेन्द्रनगरमा आफनो साईजका कपडाहरु जुत्ताहरु साईजको नपाउने भएकाले हाल भारतबाट आफना जुत्ता कपडाहरु ल्याउनु पर्ने भएकाले पनि समस्या भईरहेको बताए ।

अहिले संचालन भईरहेको मुख्यमन्त्री पुरुष भलिबलका लागी जुत्ता नभएको र गुरु जगदिश भट्टले आफनो जुत्ता दिएर सहयोग गर्नु भएको उनले बताए । जिल्ला भलिबल संघका सल्लाहाकार जनकराज जोशीले यस्ता प्रतिभावान खेलाडीहरुलार्य सबैले साथ र सहयोग गर्नु पर्ने बताए । उनले यस्ता खेलाडीहरुको संरक्षण गर्न सबैले सहयोग गर्न आवस्यक रहेको बताए । सबैको संरक्षण सहयोगले अहिले यो स्थानमा पुग्न सफल भएको अवस्थामा विगतका दिनमा पनि साथ रसहयोगको आवस्यक्ता रहेको बताए ।

जिल्ला भलिबल प्रशिक्षक जगदिश भट्टले अर्जुनको भलिबल संघले पनि साथ र सायहेग गरिरहेको बताए । आज भन्दा ६ वर्ष पहिला आफनो सम्पर्कमा आएको अर्जुनलाई बिभिन्न तालिम दिएर बिभिन्न प्राविधिक प्रशिक्षण दिएर सहयोग गरिरहेको बताए ।

साथै अहिले पारिवारिक अवस्था कमजोर रहेको अवस्थामा सबैले प्रतिभावान खेलाडी अर्जुन नेपालीलाई साथ र सहयोग पनि गर्न आवस्यक रहेको बताए । आफुले गर्ने साथ र सहयोगका लागी सधै अगाढी रहेको पनि बताए ।

 

सम्बन्धित

Comments are closed.