मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलको उपाधी विभागिय टिम एपिएफलाई

महेन्द्रनगर । महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन भएकोे तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी विभागिय टिम एपिएफले हात पार्न सफल भएको छ । शनिवार खुल्ला मञ्चमा आयोजना भएको खेलमा पहिलो सेटमा गण्डकीले २५ र एपिएफले २१ अंक पाएका थिए भने दोस्रो सेटमा गण्डकीले २५ र एपिएफले १६ अंक पाएका थिए, यसैगरी तेस्रो सेटमा गण्डकीले २८ र एपिएफले ३० अंक पाएका थिए यस्तैगरी चौथो सेटमा गण्डकीले २१ र एपिएफले २्५ अंक पाएर ३–१ को सेटले एपीएफ विजयी भएको हो ।

यो संगै द्धितिय गण्डकी भएको छ । तृतियका लागी त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस बिच खेल भएको थियो । नेपाली सेनाको टिमलाई हराउँदै पुलिसले तेस्रो स्थान सुरक्षित गरेको छ । शनिबार बिहान तेस्रो स्थानका लागि भएको प्रतियोगितामा पुलिसले ३–१ सेटले हराउदै तेस्रो स्थान सुरक्षित गरेको हो । यो संगै प्रथम हुने टिमले नगद ४ लाख द्धितिय हुने टिमले नगद २ लाख, तृतिय हुने टिमले नगद १ लाख र सान्त्वना हुने टिमलाई नगद ५० हजार प्रमाणपत्र, मेडल ट्रफीहरु वितरण गरिएको छ ।

यस्तै, सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले आफ्नो गृहजिल्लामा भएको प्रतियोगिता सफल पाने सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष मौनीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीले मञ्च व्यवस्थापन, कोड निर्माणदेखि व्यवस्थापकीय कार्यमा सहयोग गरेको प्रती गर्व महसुस गरेको र फाईनल खेलमा उचित व्यवस्थापन हुन नसकेको प्रती आगामी दिनमा यसको व्यवस्थापन उचित तवरले गरिने बताए । साथै अत्यधिक उच्च मात्रामा खेललाईमाया गरेर धेरै दर्शकहरुको सहभागिता रहेको बताँउदै आगामी दिनमा उचित व्यवस्थापनमा पनि ध्यान दिने बताए ।

साथै सबै खेलाडीहरुले आफनो अनुसानमा रहेर खेल खेलेको प्रती सबै खेलाडी, अम्पायर, रेफ्रीहरुलाई धन्यवाद व्यक्त गरे, समापन कार्यक्रमका प्रमख अतिथी पूर्व रक्षामन्त्री भिम रावलले देशलाई बलियो बनाएर अगैतन्त्रलाई बलियो बनाईयो भने मात्रे खेललाई पनि बलियो बनाउन सकिने बताए । राज्य प्रणली जनताका प्रती समर्पित रहेको भन्दै राज्य पनि जनता प्रती समप्रित हुन नसकेर अहिलेको अवस्थाको सिर्जना भएको बताए ।

व्यक्तीगत स्वार्थको लागी मात्रै लागेर खेलकुदको विकास सम्भव नहुने बताए । अहिले सबैले आफनो मात्रै दुनो सोझाउन लागेको बताउँदै नेपाललमा धेरै सम्भावना रहेका खेलाडीहरु रहेको र अन्तराष्टिय स्तरमा पनि नेपाललाई चिनाएको ईतिहास रहेको बताए । भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको थियो ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा भएको प्रतियोगिता ७ वटा प्रदेश र ३ विभागिय टिम गरेर १० टिमहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.