महेन्द्रनगर । माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको निमार्णधिन महाकाली ४ लेन नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १ निमार्णधिन ४ लेनको पक्की पुल नजिक माईती नेपाल कञ्चनपुरले सुचना तथा परामर्श केन्द्र स्थापना गर्नको तयारी सुरु गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागी माईती नेपाल कञ्चनपुरले महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न लागेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । यस अघि दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झोलुङ्गे पुलमा माईती नेपाल कञ्चनपुले सुचना तथा परामर्श केन्द्र स्थापना गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा अहम भुमिका निर्वाह गर्दै आएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले बताएका छन् ।
दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग तथा सहकार्यमा महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न तयारीमा माईती नेपाल जुटेको छ् । निमार्णधिन महाकाली ४ लेनको पक्की पुलमा आवतजावत अहिले आएर ह्वात्तै बढेको अवस्थामा मानव बेचबिखन रोक्नको लागी सुचना तथा परामर्श केन्द्र आवश्यक रहेको औल्याउदै निमार्ण क्रममा रहेको महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न लागिएको माईती नेपाल कञ्चनपु्रका संयोजक महेश्वरी भट्टले बताएका छन् ।
आज महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापनाको लागी दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, वडाध्यक्ष बिक्रम चन्द, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, सशस्त्र प्रहरी बिओपीका ईन्चार्ज तथा सई गणेश खत्री, महाकाली झोलुङ्गे पुल अस्थायी प्रहरी पोष्टका ईन्चार्ज तथा असई भुवन धामी, सामाजसेवी भिम कुमाल लगाएत स्थानियहरुले अनुगमन गरेका छन् ।
दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गरि महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न लागेकोमा खुशी ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै धन्यबाद दिएका छन् ।
महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न आवश्यक सहयोगको लागी नगरपालिका जहिले पनि तयार रहेको उनले बताएका छन् ।
्
Comments are closed.