स्वर्गीय बुवाको सम्झनामा भुजेला घाटमा ५ वटा गार्डेन कुर्ची सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ मा रहेको भुजेला घाटमा ५ वटा गार्डेन कुर्ची सहयोग गरिएको छ । वेदकोट नगरपालिकामा आरती सिमेन्ट पिल्लर उद्योगका संचालक स्वः धनराज औजीको स्मरणमा छोराहरु सन्तोष औजी, अर्जुन औजी र शिद्ध औजीले घाटमा आउने मलामीहरुका लागी सहज होस भनेर बस्ने ५ वटा गार्डेन कुर्चीहरु सहयोग गरेका हुन् ।

आफनो बुवाले मर्नु भन्दा पहिले नै उक्त क्षेत्रमा कुर्ची सहयोग गर्नु भनेर भनेको स्मरण गर्दै जेठा छोरा सन्तोष औजीले बुवाको मृत्यु भएको दिनमा उक्त क्षेत्रमा कुर्चीहरु सहयोग गरेको बताए । स्वः धनराज औजीले कञ्चनपुरमा आरती सिमेन्ट पिल्लर उद्योग संचालन गरी धेरै युवाहरुलाई रोजगारी प्रदान गरेका थिए ।

अहिले पनि आरती सिमेन्ट पिल्लर उद्योगका शाखाहरु महेन्द्रनगरमा, वेदकोट नगरपालिकामा, गोदावरी नगरपालिका कैलालीमा र टिकापुरमा संचालनमा रहेका छन् ।

सम्बन्धित

Comments are closed.