डडेल्धुरामा आयोजना भएको अध्यक्ष कप भलिबलको उपाधी शुक्लाफाँटाको पोल्टामा

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयमा सञ्चालन भएको अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी यस पटक पनि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । बिहीबार दिउँसो भएको फाइनल खेलमा त्रिवेणी माध्यमिक विद्यालयलाई ३–१ को सेटमा पराजित गर्दै शुक्लाफाँटाको छात्रा भलिबल टिमले उपाधी जितेको हो ।

शुक्लाफाँटाको छात्रा भलिबल टिमले त्रिवेणी माध्यमिक विद्यालयलाई २५–१६,२५–१३ गरी दुई सेट जित्दा तेश्रो सेट भने २८–२६ ले गुमाएको थियो । त्यस्तै चौथो सेटमा २५–८ ले जित निकाल्दै शुक्लाफाँटाको टिमले उपाधी जितेको प्रशिक्षक लोकेन्द्र चन्दले बताए । गत वर्ष भएको अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी पनि शुक्लाफाँटाले नै जितेको थियो ।

खुला महिला भलिबल प्रतियोगितामा प्रथम भएको शुक्लाफाँटाको छात्रा टिमले ७५ हजार १ सय ११ नगद सहित ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको त्रिवेणी माध्यमिक विद्यालयले ५१ हजार १ सय ११ नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय भएको भागेश्वर युवा क्लव कटालको टिमले २५ हजार १ सय ११ नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.