कञ्चनपुरमा पत्रकार पक्राउ बिषयमा प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीसम्म गम्भीर ध्यानाकर्षण गराएका छौ ः प्रदेश सांसद भाट

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशका सांसद ओम बिक्रम भाट ‘सरल’ले कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई पक्राउ गरेको बिषयमा प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीसम्म आफुहरुले जानकारी गराएको बताएका छन् । उो विषयमा उहाँहरको गम्भीर ध्यानाकर्षण गराएको बताए । साथै उनले प्रहरी प्रशासन जिम्मेवार एवं गम्भीर बनेर तत्काल पत्रकारद्वयलाई थुनामुक्त गरि रिहा गर्न आग्रह गरेका छन् र लोकतन्त्रमा लेख्न पाइन्छ बोल्न पाइन्छ र आफ्ना कुरा राख्न पाइन्छ ।

त्यसकारण समाचार लेखेकै भरमा समात्न नपाईने उनको भनाई रहेको छ । उनले सामाजिक सञ्जाल र मिडियामा लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य निन्दनीय भएको बताएका छन् । शनिवार कञ्चनपुरको गड्डाचौकीबाट पत्रकार पुष्कर भट्टलाई प्रहरीले पक्राउ गरेपछि उनको यस्तो भनाई आएको हो । अपराधी जस्तै पत्रकार पुष्कर भट्टलाई पक्राउ गर्नु प्रहरी प्रशासनको कमजोरी भएकोले समयमै सच्याउन सांसद भाटले आग्रह समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै भनेका छन्,‘एकजना प्रहरी जवानले प्रहरी अधिकृत माथी संगिन आरोप लगाएर राजीनामा दिएको अवस्थामा सत्यतथ्य जाँचबुझ र छानबिन गर्नु प्रहरी प्रशासनको प्रथम दायित्व हो । तर, जसरी प्रहरी प्रशासन आफ्नो कमिकमजोरी ढाकछोप गर्ने ढंगले सफाइ दिंदै आफू चोखो भएको भन्दै दमनमा उत्रेको छ, यसले प्रहरी प्रशासन प्रती नागरिकको विश्वास र भरोसा घटाइरहेको छ ।

त्यसकारण धरपकड र दमन अहिलेको समस्याको निकास होइन । यसको निकास सत्यतथ्य बाहिर ल्याएर पिडित पक्षलाई न्याय र दोषीलाई कारबाही नै हो ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.