ईम्प्याक्ट नेपाल कञ्चनपुरमा निशुल्क एक दिने कान चेक जाँच शिविर सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा निशुल्क एक दिने कान चेक जाँच शिविर सम्पन्न भएको छ । विश्व सुनवाई दिवस २०८० को अवसरमा ईम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र, महेन्द्रनगरको आयोजनामा र भीमदत्त नगरपालिकाको समन्वयमा उक्त शिविर सम्पन्न भएको हो । आईतवार एक कार्यक्रमको आयोजना गर्दै ईम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र भासीमा शिविरबाट १ सय बढीले आफनो कानको उपचार गराएका छन् । उपचार गर्न आउनु भएका अधिकाँसले कानको लागी अति नै राम्रो सेवा पाएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले आम जनताहरु संग प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको विषयलाई निशुल्क रुपमा शिविरको आयोजना गरेर विपन्न दलितहरुलाई सेवा प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा पनि यसरी नै साथ र सहयोग रहेको खण्डमा संस्थासंग सहकार्य गरेर भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडामा कानको शिविरको आयोजना गरिने बताउनु भयो ।

भीमदत्त नगरपालिका स्वास्थ्य शाखा अधिकृत भीमसिंह महराले पालिकाको सहकार्यमा अबका दिनमा पनि यस्तै खाले विभिन्न शिविरको आयोजना गरिने बताउनु भयो । साथै आफैले पनि पालिकाले यस्ता शिविरको आयोजना गरिरहेको अवस्थामा सबै स्थानियहरुलाई स्वस्थ्यको पहुँचमा पुय्राउनका लागी तैयार रहेको बताउनु भयो ।

ईम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमको परियोजना अधिकृत रामबहादुर बोगटीले  विश्व सुनवाई दिवस २०८० को अवसरमा शिविरको आयोजना गरिएको बताउनु भयो ।

विगतका दिनदेखी आफुहरुले स्थापना हुँदाको अवस्थादेखी अन्य विभिन्न संस्थाहरुसंग सहकार्य गरेर कानको शिविर निशुल्क रुपमा आयोजना गरिएको बताउनु भयो । साथै सुदूरपश्चिमका विभिन्न विद्यालय, समुदायहरुमा पनि बहिरो पनकालाई रोकथाममा अहम भुमिका खेलेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.