महेन्द्रनगर । कञ्चनपुरको जापान कराते डो कोशिकाई सितोरियोले आफना खेलाडीहरुको अपग्रेड गरेको छ । बुधवार शुक्लाफाँटा नगरपालिकामा १० मा रहेको किड्स ईन्टरनेसनल स्कुलमा एक कार्यक्रमको आयोजना गर्दै ८१ जना छात्रछात्राहरुलाई अप ग्रेडिङ गरिएको हो । प्रत्येक तिन तिन महिनामा खेलाडीहरुले आफनो खेलमा कत्तिको प्रगती गरेका छन्, नियम अनुसान, बिभिन्न कोर्षमा पनि पास गरेको हुनुपर्ने, खेलाडीले आफनो खेलमा देखाएको कला सिपहरुमा पनि निर्भर भएर उनिहरुको अप ग्रेडिङ भएको छ । खेलाडीहरुले उक्त कार्यक्रममा विभिन्न कला शिपहरु प्रस्तुत गरेका थिए ।
जस्मा खेलाडीहरुले टाईल फुटाउने, घँैटा फुटाउने, रड प्रहार गरी फुटाउने र मोटरसाईकल आफनो शरिरको माथीबाट लैजाने जस्ता कलाहरुको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा आफनो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी एवम निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले खेलकुदले नै मानवको विकास हुने, स्वस्थ्य शरिरको निर्माण हुने, विश्व सामु आफनो देशको नाम चिनाउने माध्यम रहेको बताए । आफु विगतमा नगर प्रमुख हुँदा शुक्लाफाँटा नगरपालिकामा विभिन्न खेलकुदमा विकासको काम भएको जानकारी दिए ।
खेलकुद भनेको अनुसासन, मानसिकता को वृद्धी र विकास, स्वस्थ्य शरिर निर्माण गर्ने महत्वपुर्ण योगदान गर्ने भएका ले सबै स्थानिय अभिभावकहरुले आफना नानी बाबुहरुलाई पनि विभिन्न खेलकुदमा लगाएर उनिहरको भविश्यलाई उज्यालो तर्फ उन्मुख गराउन आग्रह गरे । आफना ८१ जना खेलाडीहरुलाई उनिहरुको स्तर उन्नती गरिएको जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले जानकारी दिएका छन् ।
खेलाडीहरुले पहिले पाएको बेल्टमा पनि पदोन्नती हुने र उनिहरुको मुल्याङकन गर्ने बिभिन्न माध्यमहरु भएकाले उक्त मुल्याङकनमा पनि खेलाडीहरुले आफनो सिप कलामा पोख्त भएपछि मात्रै उनिहरुको स्तर उन्नती अर्थात अपग्रेड हुने जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव सिंहले बताए । तिन तिन महिनामा लिईने परिक्षामा उनिहरुको खेलकुद,अनुसान,फिजिकल,कुमिते ट्रेनिङ,ग्रुप वेसिक, ग्रुप काता, एकल काता, कुमिते, र हाजिरी तथ्याङ ७५ प्रतिशत माथी भएका खेलाडीहरुलाई अपग्रेड गरिने उनले बताए ।
सुरुकोे बेल्ट भनेको सेतो हुन्छ त्यसपछि माथीको सुन्तला, हरियो, पर्पल र निलो बेल्ट हुँदै खेलाडीहरुलाई बेल्टको पनि उपाधी बढाईने उनले बताए । साथै अभिभावकहरुले पनि हौसला प्रदान गरिरहेको उनले बताए । किड्स ईन्टरनेसनल स्कुलका प्रिन्सीपल ईन्द्र सिंह जाग्रीले खेल विकासका लागी विद्यार्थीहरुले देखाएको चासो र उनिहरुको स्वस्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने मानसिकताको विकास संगै कुलतबाट पनि बच्ने उपाय भनेको खेलकुद भएकाले आज यो कार्यक्रमको आयोजना गरिदिनु हुने जापान कराते डो कोशिकाई सितोरियोका सम्पुर्ण परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे ।
यस्तै, अनिरुद्र सेकेन्डरी स्कुलका प्रिन्सीपल डि.डि अवश्थीले शिक्षा र खेलकुद उक अर्काका परिपुरक भएको भएर विद्यार्थीहर खेलकुदबाट टाढा जान नहुने बताए । साथै अन्तराष्टिय स्तरमा पहिचान दिने पनि खेलकुद भएकाले यसको समग्र विकासको लागी सबैले लाग्नु पर्ने बताए । जापान कराते डो कोशिकाई सितोरियोका जिल्ला सहायक प्रमुख प्रशिक्षक एवम अन्तराष्ट्रिय स्तरमा ३ पटक एसियन गोल्ड मेडलिस्ट सोनम पुजाराले महिलाहरुको पनि यो खेलमा सहभागिता बढदै गएको बताईन् ।
उनले खेलकुद लगायत अन्य क्षेत्रमा महिलाहरुलाई चुनौती समस्या रहेको भएपनि यो खेलमा आफना गुरु अभिषेक सिंहले गर्दा निकै सहज र अगाढी बढन मद्धत पुगेको बताईन् । साथै उनले आफनो गुरु सिंहको सहयोग र मिहिनेतले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि आफनो खेल कला सिप देखाएर बिभिन्न पदकहरु हात पार्न सफल भएको पाउँदा निकै गर्व महसुश हुने गरेको बताईन् । आफु जस्तै अन्य महिलाहरुलाई पनि यो खेलको माध्यमबाट देशको नाम राख्न सक्षम बनाउने सपना रहेको उनले बताईन् ।