पहिलेकाहरुले केही गर्न नसकेर नै अहिले हामी सत्तामा आएका हौँ ः अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीले पहिलेका ले केही गर्न नसकेर नै अहिले सत्तामा आएको बताउनु भएको छ । विहिवार कञ्चनपुरको १५ औँ कञ्चनपुर महोत्सवको समापन तथा नागरिक अभिनन्द कार्यक्रममा बोल्दै पहिलेका हरुले देशमा केही गर्न नसकेपछि नेकपा एमाले सत्तामा आएको बताउनु भयो ।

उहाँले यसरी सरकारमा गएर मात्रै नहुने देशका लागी धेरे काम गर्न अझै बाँकी रहेको हुँदा काम गर्नलाइ सरकारमा आएको बताउनु भयो । अहिलेको अवस्था सबैलाइ थाहा छ, त्यही स्थिती र अवस्थालाई परिवर्तन गर्नका लागी सबै सरकारमा गएका छौ । सबै स्थिती परिस्थीत सबैमा परिवर्तत आउँछ ल्याईन्छ भन्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

कञ्चनपुर उधेग वाणिज्य संघले अध्यक्ष ओलीलाई नागरिक अभिनन्दन पनि गरेका थियो साथै ११ किलोको माला पनि लगाएर उहाँलाई अभिनन्दन गरिएको थियो । साथै उहाँले सुदूरपश्चिम प्रदेशको विकासले गति पाउने दाबी गरेका छन् । सुदूरपश्चिमको विकास निर्माणले तीव्रता पाउने विश्वास व्यक्त गरेका हुन् । उनले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिए ।

‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको छ । हाम्रो नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडी बढाउँछौँ’ उनले भने ‘तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउँछन् । ’ उनले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताए । ‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ त्यो काम प्रगतिहीन भयो । दैजिमा हामीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थियौँ त्यो पनि अगाडि बढेको छैन’ ओलीले भने ‘अब सुदूरपश्चिममा औद्योगिक विकासले गति पाउँछ ।

यहाँका औद्योगिक विकासको लागि यही बैतडीबाट निर्वाचित दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाएका छौँ ।’ओलीले आफ्नो साथ सुदूरपश्चिममा रहेको भन्दै डिल्लीराज भट्टलाई प्रदेश प्रमुख बनाएको विषय पनि निकाले । चाँदनी दोधारामा १० क्युसेक पानी छोड्नु पर्ने सम्झौता भएको तर, त्यो अहिले कार्यान्वयन नभएको भन्दै उनले यस विषयमा कूटनीतिक कुरा गर्ने बताउनु भयो ।

झोलुङ्गे पुल बनाएर तुइन विस्थापित गरेको भन्दै ओलीले आफू सरकार बाहिर भएपनि कुनै पनि काम अगाडि नबढेको बताए । अध्यक्ष ओलीले जिल्ला नेतृत्वको लागि सक्षम र सबल नेतृत्व चयन गर्न पनि नेता कार्यकर्ताहरूलाई सुझाव दिनु भयो ।

‘जनतामा राजनैतिक जागरण सामाजिक नागरिक सुरु गर्नु पर्छ त्यसको अगुवाइ नेकपा एमालेले गर्छ’ ओलीले भने ‘त्यस अनुसारको नेतृत्व अगाडी बढाउनु पर्छ । सबैले यहाँबाट सहयोग गर्नु पर्छ । ’ उनले सर्वसम्मत मार्फत नेतृत्व चयन गर्न नभए स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.