महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जारी पुरुष भेट्रान फुटबल प्रतियोगिताको उपाधीका लागि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको टिम फाइनलमा प्रवेश गरेको छ । नेपाली सेनाको श्री नं। २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र कञ्चनपुर जिल्ला फुटबल संघको सहकार्यमा भइरहेको भेट्रान फुटबल प्रतियोगिताको पहिलो खेलमा कञ्चनपुर उद्योग बाणिज्य संघको टिमलाई २–० गोलले पराजित गर्दै पत्रकार महासंघ उपाधीका लागि अग्रसर भएको हो ।
कुल पाँच टिम सहभागी रहेको प्रतियोगिताबाट कञ्चनपुर उद्योग बाणिज्य संघ संगै प्याब्सन र एन ब्याप्सन कञ्चनपुर टिम पनि शुक्रबार बाहिरिएको छ । दोस्रो खेलमा आयोजक श्री नं २५ बाहिनी अड्डासित ४–२ ले पराजित हुदै प्याब्सन र एन प्याब्सनको टिम बाहिरिएको हो ।
आयोजक र प्याब्सन र एन ब्याप्सनको खेलमा सेनाले चार र प्रतिद्धन्दी प्याब्सन र एन ब्याप्सनले दुई गोल गरेको थियो । त्यसैगरी शनिबार बिहान महेन्द्रनगरस्थित खुल्ला मञ्चमा आयोजक श्री नं। २५ बाहिनी अड्डा र भुतपूर्व सैनिक संघबिच प्रतिस्प्रर्धा हुनेछ । सो खेलमा बिजयी टिम फाइनलमा पत्रकार महासंघसित भिड्ने छ । सेनाले सेना दिवसको अवसर पारेर सैनिक नागरिक सम्वन्ध थप प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।
Comments are closed.