सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध हुनको कारण यस्तो छ

महेन्द्रनगर । सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाका कारण नेपाल टेलिकमको सेवा सुदूरपश्चिमभर अवरुद्ध भएको हो।

नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको छ । उनले नेपाल टेलिकमको प्राविधिक समूह मर्मतका लागि भुरिगाउँ गएको बताए । प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए।

सेवा सुचारु हुन लाग्ने समयका विषयमा पनि खुलेको छैन । बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.