प्रवासी श्रमिक युनियनका पूर्व महासचिव ओझाको उपचारमा सहयोग गर्न अपिल

महेन्द्रनगर । प्रवासी श्रमिक युनियनका पूर्व महासचिव मधुसुदन ओझाको उपचारार्थ सहयोग रकम संकलन गरिएको छ । विगतमा कोरियामा रहँदा अप्रवासी श्रमिक हक,हित र अधिकारका पक्षमा निरन्तर समर्पित व्यक्तित्व, प्रवासी श्रमिक युनियनका पूर्व महासचिव मधुसुदन ओझा हाल नेपालमा मृगौला र कलेजोको खराबीका कारण गम्भीर विरामी अवस्थामा उपचार गरिरहनु भएको छ ।

खर्चको अभाव रहेको थाहा पाएपछि प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइले उहाँको उपचार सहयोगार्थ आर्थिक सहयोग सङ्कलन अभियानको संयोजन गरिरहनु भएको छ । सोमवार राति सुरु गरिएको अभियानमा २ सय ४८ भन्दा बढी सहयोगीदाताहरुले सहयोग गर्नु भएको उहाँले बताउनु भयो ।

साथै प्रवासी श्रमिक युनियनका पूर्व महासचिव मधुसुदन ओझाको उपचारमा आफ्ना तर्फबाट सक्दो सहयोग गरिदिन हुन पनि सबैलाई प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइले हार्दिक अनुरोध गर्नु भएको छ ।

कोरियामा रहँदा श्रमिकहरुको हक हित र अधिकारका लागी श्रमिकको पक्षमा रहेर उहाँले अतुलनिय कार्य गरेको र विभिन्न १४ वटा राष्टले पनि उहाँलाई चिन्ने गरेको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइले बताउनु भयो । यस्ता महान हस्तीलाई अहिले भएको दुखमा सबैले साथ र सहयोग गरिदिन आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.