‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नीति अवलम्बन….

 धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नीति अवलम्बन गर्नेभएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० बाट ‘हाम्रो धनगढी हामी बनाउँछौं’, नीतिलाई अभियानकै रुपमा अगाडि बढाउने नीति अवलम्बन गर्न लागिएको बताइएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै नगरप्रमुख गोपाल हमालले हाम्रो धनगढी हामी बनाउँछौं नीतिलाई महान अभियानकै रुपमा अगाडि बढाउने बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाले नगरको एकीकृत, सन्तुलित, दिगो एवम् योजनाबद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैङ्गिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरणसहितको पहिलो पञ्चवर्षीय योजना तजुर्मा गरी कार्यान्वयन गर्ने भएको छ । जनस्वास्थ्य, सरसफाई तथा मानव सामथ्र्य विस्तार, कृषि तथा पशुपंक्षीको उत्पादन र उत्पादकत्वमा वृद्धि, बजारीकरण र व्यवसायीकरण गर्ने कार्यलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी, गुणस्तीय शिक्षा, खेलकुद तथा रोजगारी, फलदायी दिगो र सन्तुलित विकास, सुशासन, भाषा, कला, सँस्कृति संरक्षण र स्वरोजगारलगायत कार्यलाई कैलालीको धनगढी उपमहानगरपालिकाले अगाडि बढाने निर्णय गरेको छ । आगामी आर्थिक वर्षबाट नगरमा पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.