अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष एसियाली देशको विकास रोकिने भन्दै चिन्ता व्यक्त गरेको छ । ६० वर्षयता पहिलो पटक यो वर्ष एसियाली देशको विकास दर शून्यमा झर्ने भन्दै आईएमएफले चिन्ता व्यक्त गरेको हो ।
आईएमएफका अनुसार विश्वमा ४ दशमलव ७ प्रतिशत विकास दर हुँदा एसियाली देशको विकास दर भने १ दशमलव ३ प्रतिशतभन्दा पनि कम हुनेछ । तर कोरोना भाइरस रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एसियाली देशको विकास दर बढ्ने आईएमएफले जनाएको छ ।
विश्व बैंकले दक्षिण एसियाली देशले ४० वर्षयताकै खराब आर्थिक सङ्कट खेपिरहेको चेतावनी दिएकाे एक दिनपछि आईएमएफको प्रक्षेपण सार्वजनिक भएको हो ।
विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) का कारण अहिले विश्वकै अर्थव्यवस्था ओरालाे लागेकाे छ । केही दिनअघि मात्र आईएमएफले काेराेना भाइरसकाे महामारी विश्वकै लागि सन् १९३० काे महामन्दीपछि ऐतिहासिक सङ्कट भएकाे बताएकाे थियाे ।