महेन्द्रनगर । असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रको अध्यक्षमा पुनः मन्जु गिरी दोहोरिनु भएको छ । शनिवार आफनो प्रथम वार्षिक सभामा ७ जना सदस्यीय चयन गरिएको छ । उपाध्यक्षमा गोदावरी भण्डारी, सचिव पुजा गिरी, कोषाध्यक्ष निलम पाण्डेय चयन हुनु भएको छ ।

यस्तै, सहसचिवमा गोमा पनेरु, सदस्यमा पार्वती खत्री र मथुरा पाल चयन भएका हुन् । उक्त कार्यक्रमका प्रमुख अतिथी एवम सुदूरपश्चिम पवश्व विद्यालयका सिनेट सभा सदस्य, समाजसेवी कृष्ण दत्त जोशीले केन्द्रले असाहयको क्षेत्रमा राम्रो काम गरिरहेको बताउनु भयो साथै संस्थाले अनाथ बालबालिका, वृद्ध आश्रममा पनि आर्थिक सहयोग गरेको आमा बुवा र अनाथ बालबालिकाको मुहारमा खुसी दिने कार्य महान रहेको बताउनु भयो ।

साथै आफनो कला संस्कृती जोगाउनका लागी पनि विभिन्न समयमा गौरा पर्व, देउडा लगायतका कला संस्कृती जोगाउनमा लागेको केन्द्रलाई सबैले साथ र सहयोग दिनुपर्ने बताउनु भयो । साथै सुदूरपश्चिमको भेषभुषा, कला संस्कृतीलाई अगाढी बढाउन जोगाउनमा यो केन्द्रको महत्वपूर्ण हात रहेको बताउँदै, पछिल्लो समयमा हाम्रो कला संस्कृती, भेषभुषाहरु पनि लोप हुने अवस्थामा पुगेको बताउनु भयो ।

यसको संरक्षणमा सबैले हातेमालो दिनुपर्ने बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष एवम केन्द्रका अध्यक्ष मन्जु गिरीले केन्द्रलाई चलाउनमा निकै धेरै चुनौतीर समसइाहरु रहेको बताउनु भयो । सुदूरपश्चिमको कला संस्कृती रहनसहन भेषभुषालाई संरक्ष्ण गर्नमा निकै कम व्यक्तित्वहरुको साथ पाएको बताउनु भयो ।

आफुहरुले रातीको १ बजेसम्म देउसी भैलो होली खेलेर उठाएको रकमले केन्द्रलाई यहाँसम्म ल्याएको बताउनु भयो । अहिले संस्थाले सबै कार्यक्रमहरु संचालन गर्दा आर्थिक भार थपिएको रिणमा संस्था रहेको अध्यक्ष गिरीले बताउनु भयो ।
यस्तो अवस्थामा रहेको बेलामा सबैले आ आफनो क्षेत्रबाट संस्थालाई साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनु भयो ।अझे आगामी दिनमा केन्द्रलाई चलायमान राख्नु पर्ने भएकाले सबैको साथ र सहयोगको खाँचो रहेको बताउनु भयो ।
Comments are closed.